काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंक संचालक समितिको शुक्रबार बसेको बैंठकले बज्राचार्यलाई ४ बर्षका लागि सीईओमा नियुक्त गरेको बैंक संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । यस अघि ग्लोबल आईएमई बैंकबाट ४ बर्षे कार्यकाल विताएर बाहिरिएका बज्राचार्य पुनः ४ बर्षका लागि सीईओमा नियुक्त भएका हुन्…