Logo

विग मर्जर पश्चात ग्लोबल आईएमई बैंकको सीईओमा अब्बल बैंकर रत्नराज बज्राचार्य नियुक्त

विग मर्जर पश्चात ग्लोबल आईएमई बैंकको सीईओमा अब्बल बैंकर रत्नराज बज्राचार्य नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंक संचालक समितिको शुक्रबार बसेको बैंठकले बज्राचार्यलाई ४ बर्षका लागि सीईओमा नियुक्त गरेको बैंक संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

यस अघि ग्लोबल आईएमई बैंकबाट ४ बर्षे कार्यकाल विताएर बाहिरिएका बज्राचार्य पुनः ४ बर्षका लागि सीईओमा नियुक्त भएका हुन् । जनतासँग विग मर्जर गरेको ग्लोबल आईएमई बैंकले अनुभवी र अब्बल बैंकर बज्राचार्यलाई सीईओको रुपमा भित्र्याएको हो ।

नवनियुक्त सीइओ बज्राचार्यले भदौ १ गतेदेखि ग्लोबल आईएमई बैंकको कमाण्ड सम्हाल्ने छन् । ग्लोबल आईएमई बैंक पश्चात सनराईज बैंकमा ४ बर्षे कार्यकाल विताएर बाहिरिएका थिए । त्यसपश्चात खाली बसेका उनी पुनः ग्लोबल आईएमई बैंकमै सीईओ भएर फर्किएका हुन् ।

चाटर्ड एकाउन्टेण्ट बज्राचार्यको बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकमा समेत २० बर्ष काम गरेका बज्राचार्यले एनसीसी बैंकमा समेत सीईओ भएर कमाण्ड सम्हालेका थिए ।

कर्मचारी व्यवस्थापनमा समेत अब्बल बज्राचार्य दुई ठूला बैंक मर्जर भएको ग्लोबल आईएमई बैंकलाई हाक्न सहज हुने सम्वद्ध पक्षको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL