Logo

सेलपे र सेल्सबेरीको संयुक्त अफर, सेलपेबाट स्क्यान गरी सेल्सबेरीको सामान खरिद गरेमा ५ सयसम्म छुट

सेलपे र सेल्सबेरीको संयुक्त अफर, सेलपेबाट स्क्यान गरी सेल्सबेरीको सामान खरिद गरेमा ५ सयसम्म छुट



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग मिलेर एक नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले सेल्सबेरीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर सार्वजनिक गरेको हो ।

laxmi

उक्त अफर कार्तिक ३० गतेसम्म लागु हुनेछ । उक्त अफरअन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान एन्ड पेमार्फत भुक्तानी गरे १५ प्रतिशत छुट ९अधिकतम ५०० रुपैयाँ पाउने छन् ।

उक्त अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्नेछ । यस्तै सेलपे एपमा रहेको पे मर्चेन्टमा क्लिक काउन्टरमा मा रहेको स्क्रीनमा देखाएको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । उक्त अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL