Logo

आईएमई लाइफको सीईओमा कवि फुयाल नियुक्त, समितिको स्वीकृति पश्चात ४ बर्षे कमाण्ड सम्हाल्ने

आईएमई लाइफको सीईओमा कवि फुयाल नियुक्त, समितिको स्वीकृति पश्चात ४ बर्षे कमाण्ड सम्हाल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको भदौ ३ गते बसेको बैठकले फुयाललाई आगामी ४ वर्षको सीईओमा नियुक्त गरेको हो ।

laxmi

संचालक समितिबाट बुधबारमात्रै सीईओमा नियुक्त भएका फुयाललाई नियामक निकायले बीमा समितिले स्वीकृति दिन बाँकी छ । हाल स्वीकृतिका लागि बीमा समितिमा पठाइएको र स्वीकृति आएसँगै कार्यभार सम्हाल्ने कम्पनीले स्रोतले जानकारी दिएको छ ।

गत हप्तामात्रै सिटिजन्स लाईफको इन्स्योरेन्सको प्रमुख बजार अधिकृतबाट राजिनामा दिएका फुयाललाई आईएमई लाईफले सीईओमा नियुक्त गरेको हो । गत आर्थिक वर्ष कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको आईएमई लाईफले फुयालको इन्ट्रीसँगै त्यसलाई दोब्बरले वृद्धि गर्ने लक्ष्य लिएको छ ।

जीवन बीमा क्षेत्रको मार्केटिङ क्षेत्रमा पोख्त फुयललाई आईएमईले सीईओको रुपमा भित्र्याएसँगै व्यवसायले थप उचाई लिने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL