Logo

अब विदेशबाट आइएमई गरेको पैसा सिधै मोबाईलमा, यस्तो छ प्रक्रिया

अब विदेशबाट आइएमई गरेको पैसा सिधै मोबाईलमा, यस्तो छ प्रक्रिया



काठमाडौं । अबदेखि आइएमई गरेको पैसा सिधै मोबाईलमा आउने भएको छ । आइएमईले आफ्ना मोबाईल वालेट सेवामार्फत अब आइएमई गरेको पैसा सिधै मोबाईलमै आउने व्यवस्था गरेको हो । कम्पनीले आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदारको (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको छ ।

laxmi

कम्पनीको नयाँ सुविधा अन्तर्गत आफुलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला रकमको अवस्था एकिन गर्न सकिनेछ ।

यदि पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ मा थिची आफुलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यी सवै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ । आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज र ५० रुपैयाँसम्मको बोनस पनि प्राप्त गर्न सकिनेछ ।

आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । करिव १० लाखको संख्यामा डाउनलोड भएको आइएमई पे मोबाइल एपबाट पनि अव सजिलैसँग रेमिटेन्स सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL