Logo

शाओमीको रेडमी इयरबड बजारमा,१२ घण्टा टिक्ने ब्याट्री क्षमता

शाओमीको रेडमी इयरबड बजारमा,१२ घण्टा टिक्ने ब्याट्री क्षमता



काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालको आफ्नो अडियो उत्पादन श्रेणीमा अर्को उत्पादन थप गरेको छ ।
यससंगै ब्राण्डले एक्सेसरिज र इकोसिस्टम स्पेसमा गहिराई बुझ्ने योजना बनाएको छ ।

रेडमी इयरबड एस सबैका लागि वास्तविक वायरलेस अनुभव प्रदान गर्ने लक्ष्यका साथ उच्च गुणस्तरको सुलभ ट्रु वायरलेस सामधानको बढ्दो आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएको हो ।

रेडमी इयरबड एस दुवै बड र केसमा एक अविश्वसनिय कम्प्याक्ट डिजाइनमा आउँदछ । बड इयर क्यानेलमा आरमदायक ढंगबाट फिट हुने गरि बनाइएको छ जसले लामो समयसम्म प्रयोग र न्यून कानको थकान सुनिश्चित गर्दछ ।

म्याट ब्ल्याक फिनिशमा कम स्पेस लिनका लागि डिजाइन गरिएको केस सहजै पकेटमा राख्न योग्य छ । इयरबड बटनको उत्तम सामना प्रतिक्रिया र सहज ब्लुटुथ पेयरिङ्गले समस्या मुक्त अनुभव प्रदान गर्दछ । रेडमी इयरबड एस ले उच्च स्तरको बहु—उपयोगिता प्रदान गर्दछ त्यसका लागि सिङ्गल बटन इन्टरफेसलाई धन्यवाद जुन फोन उठाउन र काट्न, गीत सुन्न र रोक्न, भोइस एसिस्टेन्ट र सक्रिय डेडिकेटेड गेमिङ मोडका लागि प्रयोग गर्न सकिन्छ ।

डेडिकेटेड गेमिङ मोड९लो लेटेन्सी मोड० ले गेम खेल्दा अडियो ल्यागलाई कम गर्दै स्तरीय अग्रणी वारयलेस लेटेन्सीलाई १२२एमएस मा ल्याउँछ । रेडमी इयरबड चार्जिंग केसका साथ १२ घण्टाको उपयोग प्रदान गर्न सक्षम छ । बहु—परिदृश्यहरुमा अधिक उपयोग्यताका लागि रेडमी इयरबड एस क्ष्एह्द्ध रेटिङका साथ आउँदछ जसले यसलाई पसिना र दाग प्रतिरोधी बनाउँछ ।

रेडमी इयरबड एस नेपालमा हाम्रो प्रयोगकर्ताहरुको श्रवण प्राथमिकता अनुसार ट्युन गरिएको छ । तिनीहरुले इमर्सिभ साउन्ड अनुभव प्रदान गर्दछन् त्यसका लागि ३ विभिन्न आकारका सिलिकन टिप्सलाई आभार जसले सही फिट र निष्क्रिय आवाज आइसोलेसन प्रदान गर्दछ । इनभारोमेन्ट नोइन केन्शीलेसनले बिल्ट इन माइक्रोफोनका साथ किस्टल क्लियर क्वालिटीको अनुमति दिन्छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “रेडमी स्मार्टफोनहरु भर्साटाइलका लागि चिनिन्छन् र उनीहरुको श्रेणीमा पर्फमेन्शको बेन्चमार्क हुन् । हामीले उहीँ विश्वासका साथ अडियो श्रेणीमा प्रवेश गरेका छौं । रेडमी इयरबड एस का मार्फत गेमिङको बेला क्लास लिडिंग लो लेटेन्सीका साथ हामी स्टाइलिस र उत्साहजनक ट्रु वायरलेस अनुभव प्रदान गर्न चाहन्छौं ।

कम्प्याक्ट डिजाइन र विशेषताका साथ रेडमी इयरबड एस ले विभिन्न परिदृश्यहरुमा उपयोगिताको अनुमती दिँदै भर्साटाइलिटी बढाउँछ । हामीले आशा गरेका छौं कि रेडमी इयरबड एस को साथ हाम्रा उपभोक्ताहरुसंग उत्कृष्ट अडियो अनुभव हुनेछ ।”
रेडमी इयरबड एस ब्ल्याक कलरमा उपलब्ध हुनेछ र रु ३ ,१९९ मा देशभरका सम्पूर्ण आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा छिट्टै उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL