Logo

सीडीएससीको सीईओमा पूर्णप्रसाद आचार्य नियुक्त

सीडीएससीको सीईओमा पूर्णप्रसाद आचार्य नियुक्त



काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । सोमबार बसेको सिडिएसको संचालक समितिको बैठकले आचार्यलाई ४ वर्षको लागी सीइओमा नियुक्त गरेको हो ।

यस अघि सीइओ छनोट सिमितिले संचालक समिति समक्ष आचार्यसहित कृष्ण गिरी र भिष्म चालिसेको नाम सिफारिस गरेको थियो । तर आज बसेको संचालक समितिको बैंठकले कृषि विकास बैंकका पुर्व कर्मचारी आचार्यलाई सीईओमा नियुक्त गरेको हो ।

गत असोजमा सीडीएससीका तत्कालिन सीइओ देवप्रकाश गुप्ताले छाडेसँगै सीडीएसीमा हालसम्म सीईओ नियुक्त हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL