काठमाडौं । नेपाल अटोमोबाई डिलर्स एसोसियसन(नाडा)ले भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिष्टम(भिसिटिएस) मा अन्यौलता रहेको गुनासो गरेको छ । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा बुधबार ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसंग भेटेर यस्तो गुनासो गरेको हो । सरकारले व्यावसायिकक्षेत्रलाई अधिकतम पारदर्शी र स्वच्छ बनाउने उद्धेश्यले ल्याएको भिसिटिएसको कार्यान्वयनका क्रममा देखा परेका…