Logo

आइएमईका उत्कृष्ट पन्ध्र व्यावसायिक साझेदार बाकु भ्रमणमा

आइएमईका उत्कृष्ट पन्ध्र व्यावसायिक साझेदार बाकु भ्रमणमा



काठमाडौं । आइएमई लिमिटेडले आफ्ना १५ व्यावसायिक साझेदारलाई ५ दिनका लागि अजरबैजानस्थित ‘बाकु’ भ्रमणमा पठाएको छ ।

आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने १५ व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका थिए । यसमा ‘आइएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पुर्याउने व्यावसायिक साझेदारलाई पनि समावेश गरिएको छ ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आयोजित एक विशेष समारोहकावीच आइएमईका महाप्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई विदाई गरेका हुन ।

विदाई कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै महाप्रवन्धकद्वयले आइएमईको व्यावसायिक यात्रामा आइएमईका व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

आइएमईले आफ्नो स्थापना कालदेखि नै आमसेवाग्राहीमूखि र व्यावसायिक साझेदारमूखि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL