काठमाडौं । सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । यस्तो व्यवस्थाप्रति चेम्बरले अर्थमन्त्री डा. प्रकाश शरण महतको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा अर्थमन्त्री डा.महतलाई आइतबार ध्यानाकर्षण पत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यवहारिक र व्यवसायीलाई मर्कामा पार्ने…