Logo

ठिमीका गोकुल लामिछानेले जिते होण्डाको ‘दशैँमा दस लाख’

ठिमीका गोकुल लामिछानेले जिते होण्डाको ‘दशैँमा दस लाख’



काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरमा खरिद उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले १० लाख रुपैयाँ जितेका छन् । मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट ग्राजिया एसटीडी बीएससिक्स खरिद गरेका लामिछानेले स्क्रयाच कुपनमार्फत १० लाख रुपैयाँ जितेका हुन् । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठसम्म थप गरेको छ ।

laxmi

१० हजार रुपैयाँसम्मको थप स्क्रयाच कुपन र १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षको एएमसी प्याकेज पनि जित्न सकिने ‘चोइस योर स्कीम’ योजनाबाट पनि थुप्रै ग्राहकहरु लाभान्वित भएका कम्पनीले बताएको छ । ‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि २५ हजारदेखि २ लाख रुपैयाँसम्मको पुरस्कार जितिसकेका छन् ।

यो वर्ष होण्डाले ‘रु. १ मा फाइनान्स योजना’ र ‘बिग बाइक’ किन्दा १ लाख रुपैयाँसम्म छुटजस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL