काठमाडौं । एनआईसी एशिया बैंक र मेरो किराना अनलाईनबीच सम्झौता भएको छ । शनिबार एक कार्यक्रमका बीच बैंकका ग्राहकले किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्नेगरी सम्झौता भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त सुविधा पाउनेछन्…