Logo

एनआईसी एशियाका ग्राहकलाई मेरो किराना अनलाईनमा १० प्रतिशत क्यासब्याकको सुविधा

एनआईसी एशियाका ग्राहकलाई मेरो किराना अनलाईनमा १० प्रतिशत क्यासब्याकको सुविधा



काठमाडौं । एनआईसी एशिया बैंक र मेरो किराना अनलाईनबीच सम्झौता भएको छ । शनिबार एक कार्यक्रमका बीच बैंकका ग्राहकले किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्नेगरी सम्झौता भएको हो ।

laxmi

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त सुविधा पाउनेछन् ।

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५ सय रुपैयाँसम्म र बढीमा १ हजार रुपैयाँसम्म रकम फिर्ता पाउनसक्नेछन । उक्त योजना चैत मसान्तसम्म लागु हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो ।

बैंकले हाल नेपालभर ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ६१ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउन्छरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL