काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा अपनाउनुपर्ने सजगता सार्वजनिक गरेको छ । बैंकले बुधबार एक निर्देशन जारी गर्दै शाखारहित बैंकिङ सेवामा सम्बन्धित बैंकको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत मात्रै कारोबार गर्नुपर्ने बताएको हो । यस्तै राष्ट्र बैंकले यस्ता सेवामार्फत कारोबार गर्दा विद्युतीय उपकरणबाट मात्रै गर्नसमेत सेवाग्राहीलाई निर्देशन दिएको छ । शाखारहित…