Logo

राष्ट्र बैंक नीतिले शोधनान्तर स्थितीमा उच्च सुधार, विदेशी मुद्रा संचिती बढेर पौने १५ खर्ब पुग्यो

राष्ट्र बैंक नीतिले शोधनान्तर स्थितीमा उच्च सुधार, विदेशी मुद्रा संचिती बढेर पौने १५ खर्ब पुग्यो



काठमाडौं । देशको शोधनान्तर स्थितीमा उच्च सुधार आउँदै चालू आर्थिक वर्षको १० महिनामा २ खर्ब १४ अर्ब ६७ रुपैयाँले करोडले बचतमा रहेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको थियो ।

laxmi

गत आर्थिक वर्षमा देशको शोधनान्तर स्थिती उच्च घाटामा हुनुका साथै विदेशी मुद्रा संचितीमा समेत संकुचत आएपछि नेपाल राष्ट्र बैंकले आयातमा कडाईको नीति लिएको थियो । कतिपय विलासिताका बस्तु आयातमै रोक लगाएको थियो भने केही बस्तु आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । जसमा कारण चालू आर्थिक वर्षको १० महिनामा आईपुग्दा उक्त तथ्यांकमा यु टर्न हुँदै शोधनान्तर बचत र विदेशी मुद्रा संचितीमा उल्लेखनीय सुधार आएको तथ्यांकले देखाउँछ । साथै पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने रेमिटान्समा सुधार आएकाले पनि शोधनान्तर स्थिती र विदेशी मुद्रा संचितीमा सुधार आएको देखिन्छ ।

चालू आव सुरु हुनुभन्दा अघि अर्थात २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ । २०८० वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

यस्तै समीक्षा अवधिमा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL