Logo

धराशायी हुन लागेको लघुवित्तलाई थप कडाइ गर्दै राष्ट्र बैंक, लघुवित्त विरूद्व उजुरी दिन छुट्टै डेस्क स्थापना

धराशायी हुन लागेको लघुवित्तलाई थप कडाइ गर्दै राष्ट्र बैंक, लघुवित्त विरूद्व उजुरी दिन छुट्टै डेस्क स्थापना



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई थप कडाई गर्ने नीति अवलम्बन गरेको छ । केन्द्रिय बैंकले पछिल्लो समय धराशायी हुँदै गएको यो क्षेत्रका गुनासाहरु आफै लिनेगरी गुनासाे सुनुवाइ डेस्क स्थापना गरेको हो ।

laxmi

यसअघि सर्वसाधारणका गुनासाहरु लघुवित्त कम्पनीलगायत माध्यमबाट आउने गरेपनि अब भने सर्वसाधारणले यस्ता गुनासा सोझै राष्ट्र बैंकमै गर्न पाउने भएका हुन् ।

यसैका लागि भन्दै राष्ट्र बैैंकले लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासो सुन्नका लागि डेस्क स्थापना गरेको छ । केन्द्रिय कार्यालयले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाई डेस्कको स्थापना गरेको हो ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले बचतकर्ताहरुसँग अनावश्यक कर्जा असुलीमा समस्या निम्त्याएको र संस्थाहरुले पनि आफुविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै गुनासो गरिरहेका छन् ।

यस्ता बिषयमा आन्दोलनका कार्यक्रमहरुको घोषणासमेत गरिएको छ । यसै बिषयलाई मध्येनजर गर्दै राष्ट्र बैंकले गुनासो सुनुवाई डेस्क स्थापना गरेको हो । यसका लागि राष्ट्र बैंकले पैसा नलाग्ने (टोल फ्रि) नम्बर पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL