Logo

Global_Ime

सामाजिक उत्तरदायित्व २ प्रतिशत बनाउन राष्ट्र बैंकको प्रस्ताव, कर्पोरेट हाउसलाई पनि दायरामा ल्याईंदै

सामाजिक उत्तरदायित्व २ प्रतिशत बनाउन राष्ट्र बैंकको प्रस्ताव, कर्पोरेट हाउसलाई पनि दायरामा ल्याईंदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नाफाको दुई प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । छलफलका लागि तयार गरिएको सीएसआर सम्बन्धी कानूनको मस्यौदामा बैंक तथा वित्तीय संस्थाले नाफाको दुई प्रतिशत रकम खर्च गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

Laxmi_sunrise
KBL

आज (आईतबार) मेरियट होटलमा उक्त मस्यौदा माथि छलफल गर्दै सीएसआर रकम वृद्धिको विषयमा जानकारी दिएको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।

आइतबार भएको छलफलमा राष्ट्र बैंकका निर्देशक दिपकराज लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा अबका दिनमा बैंक वित्तीय संस्थाका साथै अन्य नाफा मुखी संस्थालाई पनि सीएसआरको दायरामा ल्याउने उल्लेख गरिएको छ । राष्ट्र बैंकले उक्त मस्यौदा माथि सबै सरोकारवाला निकायको सुझाव मागेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादूर मिश्रले जानकारी दिए । हाल मस्यौदाको विषयमा सुरुवाती चरणको छलफल भएको र यसले पूर्णता पाउन समय लाग्ने समेत उनले जानकारी दिए ।
मस्यौदामा सीएसआर अन्तरगत शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, विश्व सम्पदा, वातावरण, वित्तीय साक्षरता, दीगो विकास लक्ष्य लगायत विभिन्न १० क्षेत्रमा खर्च गर्नुपर्ने उल्लेख गरेको छ । तोकिएको क्षेत्रमा २ प्रतिशत रकम खर्च नगर्ने संस्थालाई जरिवानाको व्यवस्था समेत गरेको छ । जस अन्तरगत बैंक तथा वित्तीय संस्थाले नाफाको दुई प्रतिशत खर्च नगरेमा २५ लाख रुपैयाँ र दुई प्रतिशतमा थप १.५ प्रतिशत जरिवानाको पनि प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC