Logo

दुई दिनमै अन्तर बैंक ब्याजदर २.६५ प्रतिशतबाट बढेर ५.११ प्रतिशतसम्म पुग्यो, यस्तो छ कारण

दुई दिनमै अन्तर बैंक ब्याजदर २.६५ प्रतिशतबाट बढेर ५.११ प्रतिशतसम्म पुग्यो, यस्तो छ कारण



काठमाडौं । बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर ५.११ प्रतिशत पुगेको छ । गत शनिवार मात्रै २.६५ प्रतिशत रहेको यस्तो ब्याजदर सोमबारसम्म आइपुग्दा दोब्बरले बढेर ५.११ प्रतिशत पुगेको हो ।

laxmi

बैंक तथा वित्तीय संस्थामा प्रशस्त रुपमा तरलता हुँदा बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर घट्ने गर्छ। यसकारण बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेर ५.११ प्रतिशतमा आईपुगेको हो।

बजारमा प्रशस्त तरलता भएर अन्तरबैंक ब्याजदर घटेकै कारण नेपाल राष्ट्र बैंकले केहिदिन अघि मात्रै रिभर्स रिपोमार्फत बजारबाट १३ अर्ब रुपैयाँ फिर्ता लिएको थियो । जसका कारण छोटो अवधिमै अन्तर बैंक ब्याजदरमा उच्च वृद्धि भएको बैंकरहरु बताउँछन् ।

शनिवारसम्म बैंक तथा वित्त कम्पनीहरूले ५५ खर्ब ७० अर्ब रुपैयाँसम्म निक्षेप संकलन गरेर ४८ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। शनिबार वाणिज्य बैंकहरूले मात्रै ४९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४३ खर्ब कर्जा लगानी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी, शनिबार वित्त कम्पनीहरुले ६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। शनिवार समग्र बैंकिङ क्षेत्रको कर्जा निक्षेप अनुपान (सीडी रेसियो) ८४.०१ प्रतिशत रहेको थियो।

सोमबारसम्म आउँदा बैंक तथा वित्त संस्थाको निक्षेप संकलन ५५ खर्ब ८३ अर्ब रूपैयाँ पुगेकाे छ। यस अवधीसम्म वाणिज्य बैंकहरुले ४९ खर्ब २७ अर्ब रुपैयाँ निक्षप संकलन गरेका छन्। अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

सोमबारसम्म समग्र बैंकिङ क्षेत्रले ८४ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन्। यस अवधीसम्म वाणिज्य बैंकले ४३ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसैगरी, अन्य वित्त कम्पनीहरुले ५ खर्ब ५८ अर्ब रुपैयाँ बरारबरको कर्जा लगानी गरेका छन्।

सोमबारसम्म बैंकहरुको सीडी रेसियो ८३.९२ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सोमबारसम्म बैंकहरुको सीडी रेसियो शनिवारको तुलनामा केहि घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL