Logo

ग्लोबल आइएमई र आइएफसिद्धारा बैंकका कर्मचारीलाई जोखिम व्यवस्थापन तालिम

ग्लोबल आइएमई र आइएफसिद्धारा बैंकका कर्मचारीलाई जोखिम व्यवस्थापन तालिम



काठमाडौं। ग्लोबल आइएमई र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि) द्धारा बैंकका कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न गरेको छ।

laxmi

बैंकका कर्जा विभागमा कार्यरत करिव ४ सय जना कर्मचारीहरुलाई उक्त तालिममा सहभागि भएका थिए। तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रम आइएफसिका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले संचालन गरेका थिए।

अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र र्बैंकिङ्ग क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL