काठमाण्डौ । पेट्रोलियम अभावका कारण संयुक्त राष्ट्रसंघले नेपालमा भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री आपूर्तिमा कठिनाइ उत्पन्न भएको जनाएको छ । भारतले गरेको अघोषित नाकाबन्दी र त्यसबाट हुनगएको इन्धन अभावले राहत सामग्री वितरणका कठिनाइ भएको जानकारी दिएको हो । संयुक्त राष्टसंघको मानवीय सहायता समूहले भूकम्प प्रभावितहरुको लागि अत्यावश्यक सामग्रीहरु वितरण गर्न ढिलो हुँदै गएको जनाएको छ…