काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि पौने १३ खर्ब रुपैयाँको बजेट ल्याउने भएको छ । भर्खरै मात्र राजीनामा दिएर काम चलाउन भएको सरकारले कुनै नयाँ कार्यक्रम विना आगामी आर्थिक बर्षका लागि १२ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागेको हो । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा रहेको स्रोत समितिले बजेटको सिलिङ बढाएर १२…