काठमाडौं । नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजना मार्फत सहयोग उपलब्ध गराउने भएको छ । मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टरनेशनल एक्सचेन्जबीच आइतबार साँझ सम्झौतापत्रमा हस्ताक्षर भएको परिषद्ले आज जानकारी दिएको छ । कार्यक्रममा महिला, बालबालिका…