काठमाडौं । काठमाडौंको छायाँ सेन्टरमा सुरु भएको हर्ब्स एक्स्पो १ करोड रुपैयाँको कारोबार गर्दै आईतबार समापन भएको छ । ‘गुणस्तरीय जडिबुटी दिगो अन्तरराष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि सुरु भएको उक्त एक्स्पो आईतबार सकिएको हो । करिब ५० वटा स्टलमा रहेको सो मेलामा १० हजार जनाभन्दा बढी अवलोकनकर्ताहरुले…