काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो १ बजे धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको छ । प्रधानमन्त्री ओली प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुअघि सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त…