Logo

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, एक बैंकबाट अर्को बैंकको खातामा रकम जम्मा गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । उक्त दुई बैंकबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली लागु गर्नका लागि सोमबार सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।…