काठमाडौं । गृह मन्त्रालयले डेलिभरी भ्यान मार्फत् खाद्यान्न तथा तरकारी घरघरमा पुर्याउन निर्देशन दिएएको छ । काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर तथा बिक्रेताहरुले आआफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको हो । सामान किन्न जानेलाई भीडभाड नगरी पसल पुगेर फर्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह…