काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। माघ २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए। यसैगरी…