Logo

रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस, आजै आदेश आउने सम्भावना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (बिहीबार) पनि चितवन अदालतमा उपस्थित गराइँदैछ । सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ । बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ ।…