काठमाडौं । जुनियर स्कूल प्रिन्सेस २०२५ को अवार्ड प्राशिया पंगेनीले जितेकी छिन् । काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सिजन मिडियाले आयोजना गरेको ‘जुनियर स्कुल प्रिन्सेस २०२५’ मा सहभागी ४५ जना प्रतियोगीलाई पछि पार्दै पंगेनीले उक्त अवार्ड हात पारेकी हुन् । त्यसैगरी उनले ‘मस्ट मिस पपुलर’ अवार्डसमेत प्राप्त गरेकी छिन् । अनलाइन भोटिङबाट हुने उक्त अवार्डका लागि उनले १४ हजार ६ सय भोट प्राप्त गरेकी थिईन् ।
सानो भर्याङको स्वस्तीश्री गुरुकुल स्कुलमा अध्ययनरत पंगेनीले आफ्नो प्रतिभा देखाउँदै दुवै अवार्ड हात पार्न सफल भएकी हुन् । प्रतियोगीलाई विभिन्न विधाबाट प्राप्त अंक र ग्रान्ड फिनालेमा निर्णायकहरुले दिएको अंकका आधारमा विजेता घोषणा गरिएको थियो ।
कार्यक्रममा जुनियर ग्रुपबाट अग्रता पाण्डे, लियोना गुरुङ, माइरासिंह केसी, उपास्ना थपलियाले भाग लिएका थिए । साथै उक्त कार्यक्रममा प्राशिया पंगेनीका साथै आस्मी सर्मा, आभ्या भण्डारी, काभ्या श्रेष्ठ, कृतिमा भण्डारी, मोना यादव,तनिस्का पौडेल,अमानि पाण्डे, कृष्टी कटुवाल र आरोसी वामले नेपाली गीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने जयन्ति राईले अंग्रेजी गितमा नृत्य प्रस्तुत गरेकी थिइन।
सोमिया श्रेष्ठ, युश्री डंगोल,ओलीया श्रेष्ठ,खुसी राई वस्नेत,आध्या सिफलिया,एमिया गुरुङ, विदुशी अर्याल र आकाङक्षा भण्डारीले गित गायनमार्फत आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए।
सरिष्ठा नगरकोटी,सुभाङ्गी शाह, संस्कृति राईले विभिन्न विषयमा आफ्नो धारणा राखेकी थिए। त्यसैगरी आर्या मर्हजनले बाबाको विषयमा कवितामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
त्यसैगरी सिनियरतर्फ तरिका खनाल, श्रीया उप्रेती, शिखा सुनुवार, प्रर्नश्री सिंह, इभा महर्जन, सिवानी स्याङतान्, सिभान्सी गिरी, आकांक्षा भट्टराई, परि गुरागाई, छिरिङ डोल्मा गुरुङ, आर्या गुरुङ, र्यास्ना राई, अनिसा सुवेदी,छेम्वी राई र अनुश्री बुढाथोकीले पनि नृत्यमार्फत आफ्नो आन्तरिक कला प्रस्तुत गरेका थिए। मान्यता केसीले आफ्नो स्कुलको बारेमा वोलेकी थिइन भने प्रकृति दानीले देशको वारेमा आफ्नो विचार व्यक्त गरेकी थिइन्। सुहाना मगरले अंग्रजी गीत गाएर आफ्नो प्रतिभा देखाएका थिए।
कार्यक्रममा निर्णायक मण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, कलाकार तथा निर्देशक आराध्यलक्ष्मि खड्गी,मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी, मिसेस व्यूटी क्वीन नेपालकी विजेता तथा व्यूटिसियन लसता शाक्य र एसइइ प्रिन्सेस विजेता प्राप्ती श्रेष्ठ रहेका थिए। उक्त प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा वैशाख ८ गते राष्ट्रिय नाचघर जमलमा भएकाे आयोजक संस्थाकी कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन।
