काठमाडौं । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम सामाजिक दूरी कायम गराई जारी राखिएको छ । विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्ररूपले अगाडि बढेको हो । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर हेडरेस सुरूङ, विद्युत्गृह एवम् ट्रान्सफर्मर राख्ने…