काठमाडौं । अन्य देशहरूमा कर बढाउने डोनाल्ड ट्रम्पको दौडले चीनसँगको व्यापार युद्धलाई चर्काएको छ । यसका कारण विश्वका दुई ठूला अर्थतन्त्रहरू खतरनाक बाटोमा हिँडेका छन् । अमेरिकाले चीनमाथि २० प्रतिशतसम्म कर वृद्धि गरेपछि बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले करिब एक महिनाअघि तीव्र प्रतिक्रिया दिएका थिए । उनले मार्च ४ मा भने, ‘यदि अमेरिकाले…