काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । १० दलीय सत्ता गठबन्धनमा मन्त्रालयको संख्यामा सहमति जुटेकाले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपराह्न बसेको बैठकले मन्त्रालय संख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताएका…