Logo

ललिता निवास प्रकरणः पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो । यो सँगै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि अनुसन्धान अघि बढाउन बाटो खुलेको छ ।…