Logo

जुस बिक्रेताले खडा गरेको ‘टि-सिरिज’ : युट्युबमा विश्वकै धेरै सब्सक्राइबर, ५० अर्ब नेटवर्थ

जुस बिक्रेताले खडा गरेको ‘टि-सिरिज’ : युट्युबमा विश्वकै धेरै सब्सक्राइबर, ५० अर्ब नेटवर्थ



काठमाडौं । युट्युबमा सबैभन्दा धेरै सब्सक्राइब गरिएको च्यानल हो टि–सिरिज । युट्युबमा यसको सब्सक्राइबरको संख्या २५.२ करोड छ । टि–सिरिज क्यासेटको जमानामा पनि सर्वोच्च स्थानमा थियो । कुनै समय फलफूलको जुस बेच्ने गुलशन कुमारले टी सिरिज सुरु गरेका थिए । आज यो करीब ५० अर्ब रुपैयाँको कम्पनी हो । गुलशन कुमारको कथा जिरोदेखि हिरो बन्नेसम्मको छ । गुलशन कुमारले आफ्नो जीवनमा कडा मेहनत गरे र त्यसपछि ठूलो सफलता हासिल गरे । गुलशन कुमार अहिले यस धर्तीमा छैनन् तर, भुइँदेखि सिंहासनसम्मको उनको यात्राले युगौयुगसम्म सबैलाई प्रेरणा दिइरहनेछ ।

laxmi

गुलशन कुमारको जन्म निम्न मध्यम वर्गीय परिवारमा भएको थियो । उनको परिवार भारतको पश्चिम पञ्जाबबाट दिल्ली आएको थियो । उनका बुबा फलफूलको जुस बेच्थे । जो परिवारको आम्दानीको स्रोत थियो । गुलशन कुमार बाल्यकालमा सो काममा बुबालाई सहयोग गर्थे । उनको जीवनमा १९७० को दशकमा परिवर्तन आयो । त्यतिबेला संगीत विलासिता थियो र आम मानिसको पहुँचभन्दा बाहिर थियो । आकाशवाणीबाट मात्रै संगीत सुन्न सहज थियो । यसैबीच सन १९७८ मा भारत सरकारले आफ्नो आयात नीति परिवर्तन गर्यो । यसले देशमा टेप रेकर्ड आयात हुन थाल्यो । यससँगै क्यासेटको व्यापार पनि चल्न थाल्यो ।

कसरी सुरु भयो ‘टि–सिरिज’ ?

गुलशन कुमारले पनि यो व्यवसायमा हात हालेका थिए । उनले एउटा ओरिजिनल क्यासेट र त्यसपछि खाली क्यासेट किने । उनले खाली क्यासेटमा मूल क्यासेट प्रतिलिपि गरे । यसरी सुरु भयो टी–सिरीज । कम्पनीले ७ रुपैयाँमा क्यासेट उत्पादन गरी २५ रुपैयाँमा बिक्री गरेको थियो । यसरी उनले एउटा क्यासेटमा ३०० प्रतिशत मार्जिन पाउन थाले । गुलशन कुमारले संगीत क्षेत्रमा प्रवेश गरे र धेरै पैसा कमाए । उनले म्युजिक इन्डिया र पोलिडोर जस्ता कम्पनीहरूको प्रभुत्व समाप्त गरे । क्यासेट र संगीतलाई घरघरमा पु¥याउने श्रेय गुलशन कुमारलाई जान्छ ।

अडियो क्यासेटमा सफलता पाएपछि गुलशन कुमार फिल्म उद्योगतिर लागे र मुम्बई गए । यस अवधिमा उनले सोनु निगमलगायत धेरै गायकहरूलाई ब्रेक दिए । भक्ति संगीतले टी–सिरिजलाई घर–घरमा लोकप्रिय बनायो । संगीत र बलिउड फिल्महरू बाहेक, उनले हिन्दू पौराणिक कथाहरूसँग सम्बन्धित फिल्महरू र सिरियलहरू पनि निर्माण गरे । टि–सिरिजद्वारा निर्मित पहिलो फिल्म आशिकी थियो । यो फिल्मले बक्स अफिसमा सफलता हात पारेको थियो ।

युट्युबमा सबैभन्दा ठूलो च्यानल

धार्मिक गीतबाट आफ्नो पहिचान बनाएका गुलशन कुमार आफ्नो परोपकारी कार्यका कारण पनि चर्चामा थिए । उनले माता वैष्णोदेवीमा भण्डार स्थापना गरेका थिए । यसबाट आज पनि माताको दरबारमा आउने भक्तजन तथा तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था गरिएको छ । यसैबीच सन् १९९७ मा गुलशन कुमारको हत्या भएको थियो । त्यसपछि उनको परिवारले टी–सिरिजको जिम्मा लियो । कम्पनीले परिवर्तनहरू अनुकूलन गर्यो । आज कम्पनीले युट्युबबाट धेरै कमाउँछ । युट्युबमा कम्पनीको पहिलो भिडियो सन् २०१० मा आएको थियो र आज यो युट्युबको सबैभन्दा ठूलो च्यानल हो । अनुवाद गरि
एको

प्रतिक्रिया दिनुहोस्
MBL