काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओ आजदेखि निष्काशन भएको छ । कम्पनीले बुधबारदेखि योग्य संस्थागत लगानीकर्ताका लागि बुक विल्डिङ विधिमार्फत आफ्नो आइपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो कुलपुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गरेको हो ।…