Logo

दुःखअनुसारको पारिश्रमिक पाउँदैनन् खुम्बुको पर्यटन जोगाउने भरियाहरु

काठमाडौं । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन । त्यसैले पर्यटकहरु लठ्ठीको साहारामा आधारशिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरु नवराज विक, मिङ्मार…