Logo

सरकारबाट नीति पारित हुनु स्टार्टअप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा : महासंघ

सरकारबाट नीति पारित हुनु स्टार्टअप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा : महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा अब स्टार्टअप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा भएको जनाएको छ । मंगलबार महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्तो बताएका हुन् ।

दुई वर्ष अघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल पछि मन्त्रीपरिषद्ले पारित गरेको छ । विकसित देशहरूमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविक हो । व्यवसायमा नयाँ सोचहरूको प्रादुर्भाव भइरहेका र सानो सानो लगानीमा नयाँ बिचारका साथ केही व्यवसायहरू उदाउँदै गएका छन् ।

यसको सञ्चालन कसरी र केका आधारमा भई रहेका छन् भन्ने राज्यको चासो सँगै “स्टार्टअप” को परिभाषा र त्यसको नीतिका बारेमा छलफल भए र “स्टार्टअप नीति” विकास गर्ने प्रक्रियाले थालनी पाउँदै रोकिँदै हालै २०८१ ज्येष्ठ २ गते मन्त्रिपरिषद्बाट पारित भएको थियो । नीति आउनु नेपाल उद्योग वाणिज्य महासंघ तथा समग्र निजी क्षेत्रका लागि अति नै महत्त्वपूर्ण छ । किनकि यसका लागि महासंघले अनवरत रूपमा विभिन्न तवरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउँदै पनि आएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नीति संवाद कार्यक्रमका अध्यक्ष तथा महासंघ अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समय देखिको महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको बताए । यो धेरै नै छलफलहरूबाट निकै खारिएर आएकोले स्टार्टअप व्यवसायका लागि महत्त्वपूर्ण हुने विचार उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्