Logo

स्थानीय उत्पादनको बजारीकरणका लागि औद्योगिक प्रदर्शनी

काठमाडौं । स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले सदरमुकाम सिमकोटमा पहिलो पटक आयोजना भएको औद्योगिक प्रदर्शनी बुधबार सम्पन्न भएको छ । प्रदर्शनीमा जिल्लामा उत्पादित राडीपाखी, स्थानीय कच्चा पदार्थबाट बनेका लिउ, फेरुवा, कोट, पाखो, गुन्युचोलो, घागर, रातो काम्लो, शिल्पकारले बनाएका ढाल, तरबार, तारे चुकबाट बनेका पेय, फापर, चिनोबाट बनाइका बिस्कुटलगायत सामग्री राखिएको थियो । उद्योग…