काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तबाट ऋण लिएर नतिर्ने ऋणीलाई दुई वर्गमा विभाजन गरेको छ । लघुवित्त वित्तीय संस्थाहरुका लागि एकिकृत परिपत्र जारी गर्दै राष्ट्र बैंकले ऋण नतिर्ने ग्राहकलाई वर्गिकरण गरेको हो । जसअनुसार अब जानी जानी ऋण नतिर्ने र परिस्थीतिजन्य कारणले ऋण नतिर्ने ग्राहकहरु छुट्याएर सोही अनुसार कर्जा असुलीको औजार प्रयोग गरिने भएको हो…