काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मुलुकमा राजनीतिक स्थायित्व नभएकै कारण निर्माण उद्योग लगायतका अन्य उद्योगमा समस्या देखिएको बताएका छन्। नेपाली युवा निर्माण व्यवसायीहरूको छाता संस्था युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्स (वाइसीएनसी) को दशौं बार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री महासेठले सबै उद्योगको विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताए…