काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि कामु प्रधानन्यायाधीशको रुपमा ओमप्रकाश मिश्रले पेशी तोक्न सुरु गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम न्यायाधीश मिश्रले कामु प्रधानन्यायाधीशकोे हैसियतले आजदेखि मुद्दाको पेशी तोक्न सुरु गरेका हुन् । संसदीय सुनुवाई समितिले जोशीलाई प्रधानन्यायाधीश हुन अयोग्य ठहर गरेसँगै उनी विदामा वसेका…