Logo

मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ आवास कर्जा सार्वजनिक, ५ करोड रुपैयाँ सम्म कर्जा लिन सकिने

मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ आवास कर्जा सार्वजनिक, ५ करोड रुपैयाँ सम्म कर्जा लिन सकिने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आवास कर्जा’ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तरर्गत ग्राहकले २० वर्ष सम्मको कर्जा अवधि राखी १० लाख देखि ५ करोड रुपैयाँ सम्मको कर्जा सुविधा लिन सक्नेछन् ।

बैंकले नियमति रुपमा किस्ता बुझाउने ग्राहकाई प्रशासनिक शुल्क फिर्ता गर्ने भएको छ भने पहिलो १ वर्षको लागि निशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा समेत दिने भएको छ ।

कुल कर्जाको आधा रकमलाई किस्ताबन्दीमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी मुक्तिनाथ आवास कर्जा ल्याएको बैंकले जानकारी दिएको छ । यस योजनामा न्यून आय भएका ग्राहकलाई समेत आवश्यकता अनुसारको कर्जा सुविधा लिन सहज हुनै बैंकले विस्वास लिएको छ ।

कर्जाबाट ग्राहकले जग्गा तथा घर खरिद गर्न सक्नेछन् । बैंकको सबै शाखा कार्यालयहरुबाट यो सेवा लिन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL