काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(सोमबार) साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बोलाइएको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ । आज बस्ने बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख तथा सदस्य र सरकारको…