Logo

इजरायलमा पुनः देशभर कडा लकडाउन, लकडाउनको विरोधमा मन्त्रीले दिए पदबाट राजीनामा

इजरायलमा पुनः देशभर कडा लकडाउन, लकडाउनको विरोधमा मन्त्रीले दिए पदबाट राजीनामा



काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले फेरि लकडाउन लागू गर्ने भएको छ। यहुदी नयाँ वर्षदेखि इजरायलमा देशभर कडा लकडाउन लागू हुन लागेको हो।

आउने शुक्रबारदेखि लागू हुने लकडाउन तीन हप्ताको हुनेछ। प्रधानमन्त्री बेनज्म्यामिन नेतन्याहुले भनेका छन्, ‘हामीले महँगो मूल्य चुकाउनु पर्नेछ। तर, लकडाउनको विकल्प छैन।’

लकडाउनको विरोधमा त्यहाँका एक मन्त्रीले राजीनामा दिएका छन् र सत्ताधारी गठबन्धनबाट आफ्नो पार्टीको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

इजरायलमा दैनिक ४ हजार नयाँ संक्रमित थपिइरहेका छन्। करिब ९० लाख जनसंख्या भएको इजरायलमा ११ सय ८ जना संक्रमितको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ५३ हजार छ। यसै हप्तादेखि त्यहाँ पुनः संक्रमण दर बढेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL