काठमाडौँ । ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेको छ । एनएमबि बैंकको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात् भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आई रहेको दिगो बैंकीङ्ग अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको थियो ।…