काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना ‘साउन’मै प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आएको देखिएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउन महिनामा मात्रै ११ अर्ब ९६ करोड रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ । विभागका अनुसार यो प्रतिवद्धता गत आर्थिक बर्षको साउन महिनाको तुलनामा १० अर्ब रुपैयाँले बढी…