Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पनि घट्यो

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पनि घट्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार सेयर बजार मापक नेप्से सूचक ३१.४९ अंकले घटेर २०९८.८९ बिन्दुमा झरेको छ । आइतबार पनि सेयर बजार घटेको थियो ।

laxmi

आइतबार सेयर बजार मापक नेप्से सूचक २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा पुगेको थियो । सोमबारको तुलनामा आइतबार कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको थियो ।

आज ३ सय ७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर १ लाख ५० हजार ५४३ पटक किनबेच भएको छ । कारोबारमा आएको २ कम्पनीको सेयर मूल्यमात्र ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबारमा आएको ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने, बाँकी २ सय ९ कम्पनीको सेयर मूल्य घटेको छ ।

सोमबार कारोबारमा आएको १३ उपसमूह मध्ये १ उपसमूहको मात्र सेयर मूल्य बढेको छ भने, बाँकी १२ उपसमूहको सेयर मूल्य घटेको छ । यसदिन ब्यापार उपसमूहतर्फको सेयर मूल्य भने ०.३५ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ११ लाख ९६ हजार ३५५ कित्ता सेयर ७८ करोड ६३ लाख ८३ हजार ४९२ रुपैयाँमा खरिद बिक्री भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL