काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सकिएको छ । समसामयिक राजनीतिक विषयमा चासो राख्दै राष्ट्रपति पौडेलले दलका नेताहरूलाई शीतल निवास बोलाएको बैठक करिब ४५ मिनेटसम्म चलेको थियो । राष्ट्रपति पौडेलले राष्ट्रिय मान्यता प्राप्त सबै दललाई बैठकमा बोलाए पनि प्रमुख प्रतिपक्ष नेकपा एमाले भने सहभागी भएन । बैठकमा सत्तारुढ दलसहित प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र…