Logo

साताको चौथो दिन दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ६२ करोडको कारोबार

साताको चौथो दिन दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ६२ करोडको कारोबार



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बुधबार कारोबारको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १४.०६ अंकले घट्दै २०८४ को विन्दुमा झरेर बन्द भएको हो ।

laxmi

आज कारोबार अवधिभर ३ सय ११ कम्पनीका १ करोड १ लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ३ अर्ब ६२ करोड ५५ लाख माथि पुगेको छ ।

आज कारोबार भएकामध्ये ५५ कम्पनीको सेयरमूल्य बढ्दा अन्य १ सय ८५ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । आज चन्द्रागिरी हिल्स र मिड सोलु हाईड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL