काठमाडौं । नेपाल सरकार र अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीच भएको कम्प्याक्ट कार्यान्वयनसम्बन्धी पुनरावलोकन प्रक्रिया अन्त्य भएको छ । एमसीसीले मिति २०८१ साल फागुन २२ गते पठाएको पत्रमा उल्लेख भएअनुसार, अमेरिकी राष्ट्रपतिको २० जनवरी २०२५ को कार्यकारी आदेशअनुसार सो सम्झौताको कार्यान्वयन स्थगन गरी पुनरावलोकनका लागि पठाइएको थियो । यसैक्रममा, मिति २०२५ जुलाई २४…